logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काबुलको एक मस्जिदमा भएको बम विस्फोटमा पाँच सर्वसाधारणको मृत्यु


अंकुरण खबर
1.222K
Shares

काबुलको एक मस्जिदमा भएको बम विस्फोटमा परी कम्तीमा पाँच जना सर्वसाधारणको मृत्यु भएको छ ।

गत अगस्टमा अमेरिकी फौजले अफगानिस्तान छाडे यता भएको घातक आक्रमण भनिएको आक्रमणको तत्काल कसैले जिम्मेवारी लिएको छैन ।

तर, हालैका दिनहरूमा आफ्नो पकड क्षेत्र पूर्वी अफगानिस्तानमा तालिबानमाथि हमला गर्दै आएको इस्लामिक स्टेट अतिवादीले आक्रमण गरेको हुनसक्ने आशंका गरिएको छ ।

काबुलको इदगाह मस्जिदमा तालिबान प्रवक्ता जबिहुल्लाह मुजाहिदको आमाको स्मृति समारोह भइरहेको बेला आक्रमण भएको हो । आक्रमणको संदिग्ध तीन जनालाई पक्राउ गरिएको छ । आक्रमणमा तालिबान लडाकुहरूलाई भने हानी नभएको तालिबानका एक प्रवक्ताले बताएका छन् ।

हालैका दिनहरूमा अफगानिस्तानका विभिन्न स्थानहरूमा आइएस अतिवादी र तालिबानबीच आक्रमण प्रत्याक्रमण भइरहेका छन् । एजेन्सी