logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

फ्रान्समा ३ हजार पादरीले गरे दुई लाख बालबालिकालाई यौन दुर्व्यवहार


अंकुरण खबर
1.378K
Shares

फ्रान्समा पादरीहरूले दुई लाखभन्दा बढी बालबालिकालाई यौन दुर्व्यवहार गरेको खुलासा भएको छ ।

सन् १९५० पछि हजारौं पादरीले २ लाख १३ हजारभन्दा बढी बालबालिकालाई यौन दुर्व्यवहार गरेको एउटा स्वतन्त्रत छानविन आयोगले देखाएको छ । यौन दुर्व्यवहारका घटना दबाउन चर्च र पादरीले अनेकौं प्रयास गरेको पनि छानविनका क्रममा खुलासा भएको छ ।

बाल यौनदुराचारका घटनामा रोमन क्याथोलिक चर्चहरुमा तानिएका विवरण सार्वजनिक भएपछि यसबारे गहिरो अनुसन्धान गरिएको थियो । करिब तीन हजार पादरीले नियोजित ढंगले बालबालिकामाथि दुर्व्यवहार गरेको छानविन आयोगका प्रमुख जीन मार्क साउभले जानाकारी दिए ।

पीडितमध्ये करिब ८० प्रतिशत पुरुष छन् । चर्चले वर्षौदेखि बालबालिकामाथि निर्दयी व्यवहार प्रदर्शन गरेको साउभले बताए ।

दुर्व्यवहारबाट जोगाउन चर्चले रोकथामका आवश्यक कदम नचालेको र कहिलेकाही अभिभावक स्वंयमले दुर्व्यवहारप्रति चासो नदिएको उनले बताए । एजेन्सी