एजेन्सी – मलेरियाको पहिलो भ्याक्सिन RTS,S/AS01 लाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले मञ्जुरी दिएको छ ।
मलेरियाबाट सबैभन्दा बढी प्रभावित अफ्रिकी देशबाट यसको सुरुवात हुनेछ । त्यसपछि डब्ल्यूएचओको ध्यान संसारभरी मलेरियाको खोप बनाउका लागि आर्थिक सहयोग संकलन गर्नेमा हुनेछ ता कि खोप समस्त देशसम्म पुर्याउन सकियोस् ।
त्यसपछि सम्बन्धित देशको सरकारले मलेरियालाई नियन्त्रण गर्ने उपायमा खोपलाई समावेश गर्ने नगर्ने भनेर निश्चित गर्नेछ । डब्ल्यूएचओले मलेरियाबाट सबैभन्दा बढी प्रभावित देशका लागि यो भ्याक्सिनले एउटा ठूलो आशा ल्याएको बताएको छ ।
अफ्रिकी देशमा भयो भ्याक्सिनको ट्रायलः
मलेरियाको भ्याक्सिन च्त्क्,क्रब्क्ण्ज्ञ को प्रयोग सन् २०१९ मा घाना, केन्या र मालावीमा पाइलट प्रोग्रामको सुरुमा सुरु गरिएको थियो । यसअन्तर्गत २३ लाख बच्चालाई भ्याक्सिन दिइएको थियो । यो नतिजाको आधारमा नै डब्ल्यूएचओले अब भ्याक्सिनलाई मञ्जुरी दिएको छ । यो भ्याक्सिनलाई पहिलो पटक सन् १९८७ मा जीएसके कम्पनीले बनाएको थियो ।
पाइलट प्रोजेक्टको नतिजाका अनुसार मलेरियाको भ्याक्सिन सुरक्षित छ र यसका ३० प्रतिशत गम्भीर मामिला रोक्न सकिन्छ । यो भ्याक्सिन जुन बालबालिकालाई दिइयो तीमध्ये दुई तिहाई यस्ता थिए जोसँग झुल थिएनन् । मलेरियाको भ्याक्सिनबाट अन्य खोप वा मलेरिया रोक्ने अन्य उपायमा पनि कुनै नकारात्मक असर देखिँदैन ।
डब्ल्यूएचओले उप–सहारा अफ्रिकी देशका बालबालिकालाई दुई वर्षको उमेरसम्म मलेरिया भ्याक्सिनका चार डोज दिन सिफारिस गरेको छ । यो खोपले प्लाज्मोडियम फेल्सिपेरमलाई निस्तेज पारिदिन्छ । प्लाज्मोडियम फेल्सिपेरम मलेरिया फैलाउने ६ परजीवीमिध्ये एक हो जुन सबैभन्दा खतरनाक हुन्छ । डब्ल्यूएचओका अनुसार खोपबाट मलेरियाका हरेक १० मध्ये चार मामिला रोक्न सकिन्छ र गम्भीर मामिलामा १० मध्ये ३ जनालाई बचाउन सकिन्छ ।
डब्ल्यूएचओका अनुसार मलेरियाका कारण संसारभरी हरेक वर्ष ४।०९ लाखको मृत्यु हुन्छ । यीमध्ये धेरैजसो अफ्रिकी देशका बालबालिका हुन्छन् । यी हुन् मलेरियाका लक्षणः
– चिसो लाग्नु
– उच्च ज्वरो
– टाउको दुख्ने
– घाँटी खसखस हुने
– पसिना आउने
– थकाई लाग्ने
– बान्ता हुने
– रक्तअल्पत्ता
– मांसपेशीमा दुखाई