अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी चिनफिङबीच यस वर्षको अन्त्यमा भर्चुअल बैठक गर्ने सहमति भएको छ।
अमेरिकी सरकारको एक वरिष्ठ अधिकारीले सीएनएनलाई दिएको जानकारीअनुसार दुई देशबीच स्थिरता सुनिश्चित गर्न छलफल हुनेछ।
अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभान र चिनियाँ शीर्ष कूटनीतिज्ञ याङ जेइचीबीच ६ घण्टा लामो छलफल भएपछि बाइडेन र सीबीचको भिडिओ बैठक सम्भव भएको हो।
ताइवानको विषयमा चीन र अमेरिकाबीच चर्काचर्की भइरहेको समयमा दुई देशका प्रमुखले कुराकानी गर्ने सहमति बनेको हो। एजेन्सी