logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अफगानिस्तानलाई सहयोग गर्न रसियाले डाक्यो अन्तर्राष्ट्रिय समुदायको बैठक, तालिवान पनि सहभागी हुने


अंकुरण खबर
663
Shares

रसियाले अफगानिस्ताबारे अन्तर्राष्ट्रिय समुदायको बैठक आयोजना गर्ने भएको छ ।

मस्कोले यही २० अक्टोबरमा बैठक आयोजना गर्न लागेको हो । बैठकमा तालिवान प्रतिनिधिलाई पनि सहभागी गराइने भएको छ ।

तालिवानलाई आर्थिक, मानवीयलगायतका सहयोग गर्न आयोजना हुने वैठकमा चीन, भारत, पाकिस्तान, इरानका प्रतिनिधि सहभागी हुनेछन् । रसियाले अफगानिस्तानलाई आर्थिक सहायता उपलब्ध गराउने विषयमा यसअघि पनि विभिन्न देशका नेताहरूसँग छलफल गरेको थियो ।

बैठकअघि १२ अक्टोवरमा आयोजना हुने जी–२० सम्मेलनमा अफगानिस्तलाई मानवीय संकटबाट जोगाउने विषयमा छलफल हुनेछ । अफगानिस्तानमा मानवीय संकट चुलिएको राष्ट्रसंघले बताउँदै आएको छ । एजेन्सी