logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अफगानिस्तानमा आत्मघाती हमला : कम्तीमा ५० जनाको मृत्यु, १०० बढी घाइते


अंकुरण खबर
1.989K
Shares

अफगानिस्तानमा आत्मघाती हमला हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको छ ।

बीबीसीले जनाए अनुसार अफगानिस्तानको उत्तरी क्षेत्र कुन्दुजमा प्रार्थनाको समयमा हमला हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको छ भने, सयजना भन्दा बढी घाइते भएका छन् ।

घटनाको हालसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन । त्यहाँ इस्लामिक स्टेटसहितका सुन्नी मुसलमान उग्रवादीहरूले सिया समुदायमाथि बेला बेला हमला गर्दै आएका छन् ।