logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रुसी राष्ट्रपति पुटिनद्वारा अष्ट्रियाका शालेनबर्गलाई बधाइ व्यक्त


अंकुरण खबर
2.405K
Shares

रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले अष्ट्रियाका पूर्वविदेश मन्त्री अलेक्जेण्डर शलेनबर्गलाई संघीय चान्सलरका रूपमा नियुक्त भएकामा बधाइ दिएका छन्।

सेबास्टियन कुर्जको आश्चर्यजनक राजीनामा आएपछि शलेनबर्गले उक्त भूमिका पाएका हुन् । ‘रुस र अष्ट्रिया बीचको सम्बन्ध परम्परागत रूपमा रचनात्मक रहेको छ। मलाई आशा छ कि सरकार प्रमुखको हैसियतले तपाइँका गतिविधिहरूले हाम्रा राष्ट्रहरूको हितको लागि विभिन्न क्षेत्रहरूमा द्विपक्षीय सहयोगको विकासलाई बढावा दिनेछन्,’ पुटिनले आफ्नो वेबसाइटमा पोस्ट गरेको सन्देशमा लेखेका छन्।

३५ वर्षीय कन्जर्भेटिभ नेता सेबास्टियन कुर्जलाई सार्वजनिक सञ्चार कोषको प्रयोग गरी मिडियालाई आफू अनुकूल प्रयोग गरेको आरोप छ। एजेन्सी