logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नर्वेमा अन्धाधुन्ध तीर आक्रमणबाट ५ जनाको मृत्यृ, ६ घाइते


अंकुरण खबर
806
Shares

नर्वेमा एक व्यक्तिले अन्धाधुन्ध तीर आक्रमण गरि ५ जनाको ज्यान लिएको छ ।

राजधानी ओस्लोबाट दक्षिण–पश्चिममा रहेको कोंग्सवर्गका एक व्यक्तिले धनुष र तीर प्रयोग गरेर आक्रमण गर्दा ५ जनाको मृत्यु भएको हो भने थप दुई जना घाइते भएका छन् । प्रहरीले स्थानीय समयअनुसार साँझ ६ बजेर १३ मिनेट जाँदा घटनाबारे पहिलो सूचना प्राप्त गरेको थियो ।

प्रहरी प्रमुख ओयभिन्ड आशले संदिग्धलाई पक्राउ गरिसकेको र हालसम्म उनले एक्लै यो घटना घटाएको पाइएको जानकारी दिएका छन् । प्रहरीले यो घटना आतंकवादसँग सम्बन्धित रहेको या नरहेकोबारे अध्ययन गर्ने पनि बताएको छ । प्रधानमन्त्री एर्ना सोल्बर्गले घटनालाई ‘भयानक’ भएको संज्ञा दिएकी छन् ।

आक्रमणकारीले शहरको पश्चिमी क्षेत्रमा रहेको कुप एक्सट्रा सुपरमार्केटमा यो आक्रमण गरेको बीबीसीले जनाएको छ । घाइते हुनेमा एक प्रहरी पनि रहेका छन् । उनी आक्रमणको समय त्यही पसलमा रहेको बुझिएको छ ।

सुपरमार्केटका प्रवक्ताले घटनामा कर्मचारी सुरक्षित रहेको जानकारी दिएको छ । प्रहरीले साँझ ६ बजेर ४७ मिनेट जाँदा आक्रमणकारीलाई नियन्त्रणमा लिन सफल भएको थियो ।

बीबीसी