logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बेलायतमा सांसदको छुरा प्रहार गरेर हत्या, मुस्लिम अतिवादीको संलग्नताको आशंका


अंकुरण खबर
1.573K
Shares

बेलायतमा एक जना सांसदको छुरा प्रहार गरेर हत्या गरिएको छ । साउद इन्ड वेष्ट निर्वाचन क्षेत्रका सांसद सर डेभिड अमिसमाथि उनकै निर्वाचन क्षेत्रको बेलफेयर मेथोडिष्ट चर्च, लि अन द सीमा रहेको कार्यालयमा शुक्रबार छुरा प्रहार भएको थियो ।

एसेक्सको साउद इन्ड वेष्टको प्रतिनिधित्व गर्ने सर डेभिडमाथि शुक्रवार दिउँसो बेलफेयर मेथोडिस्ट चर्चमा आक्रमण भएको थियो। सांसदको हत्याको आशंकामा २५ वर्षीय एक व्यक्ति पक्राउ परेका छन् । आक्रमणकारीले सांसद डेभिडमाथि पटक पटक छुरा प्रहार गरेको  पोस्टमाटममा देखिएको छ ।

६९ वर्षिय सांसद डेबिडका ५ जना छोराछोरी रहेका छन् ।  अमिस सन् १९८३ देखि सांसद थिए । उनी साउद इन्ड वेष्टबाट सन् १९९७ देखि निरन्तर निर्वाचित हुँदै आएका थिए ।

बेलायत प्रहरीले आतंककारी हमला भनेको छ । आक्रमणमा मुस्लिम अतिवादीको सम्बन्ध रहेको हुन सक्ने महानगरीय प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा प्रहरी अधिकारीहरुले अहिले लन्डन क्षेत्रका दुई ओटा ठेगाना खोजी गरिरहेका छन् । सो हमला एक जना व्यक्तिले नै गरेको प्रहरीको विश्वास छ । तर, घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्ति इसेक्समा थुनामा छन् ।

उनी सोमालियाली मूलको बेलायती नागरिक भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ । साउदइन्ड वेस्टबाट प्रतिनिधित्व गर्ने ६९ वर्षीय डेभिडको शुक्रबार एउटा चर्चमा चक्कु प्रहर गरी हत्या भएको थियो । एजेन्सी