logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अफगानिस्तान अवस्थाबारे भारतले आगामी महिना बैठक बोलाउने


अंकुरण खबर
1.391K
Shares

भारतले अफगानिस्तानको अवस्थाबारे छलफल गर्न आगामी महिना क्षेत्रीय बैठक बोलाउने भएको छ।

भारत सरकारको आयोजनामा राष्ट्रिय सुरक्षा सल्लाहकारको बैठक हुने भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको हो।

भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकारअजित डोभालको अध्यक्षमा हुने आगामी महिनाको बैठकमा उपस्थित हुन भारतले रुस र पाकिस्तानलाई समेत निमन्त्रणा दिएको भारतीय मिडियामा लेखिएको छ ।

उक्त बैठकमा सहभागी हुन भारतले चीन, इरान, ताजकिस्तान र उज्वेकिस्तानलाई समेत निमन्त्रण गरेको बताइएको छ। भारतले पाकिस्तानलाइ समेत उक्त बैठकमा बोलाएको छ। पाकिस्तानको तर्फबाट समेत उक्त बैठकमा प्रतिनिधि सहभागी हुने भएको जनाइएको छ।

उक्त बैठकमा अफगानिस्तानको सुरक्षा मुद्धा र मानवीय संकट सम्बन्धमा छलफल हुनेछ। उक्त बैठक आगामी नोभेम्बर १० र ११ मा राख्न प्रस्ताव गरिएको बताइएको छ।