logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रेम विवाह गरेको भन्दै पाकिस्तानी बाबुले गरे छोरी ज्वाँइसहित ७ जनाको हत्या


अंकुरण खबर
819
Shares

पाकिस्तानमा एक बाबुले आफ्ना दुई छोरी, चार नातिनातिना र ज्वाँइको हत्या गरेका छन्।

मध्य पाकिस्तानको मुजाफ्फर जिल्लाका मनजोर हुसेनले छोरीहरु फउजिअ बिबी र खुर्सिद माई बसेको घरमा आगो लगाएर छोरी ज्वाँइसहित सात जनाको हत्या गरेका हुन्।

दुई छोरीमध्ये फाउजियाले १८ महिनाअगाडि बाबुको इच्छा विपरित प्रेम विवाह गरेकी थिइन्। ‘प्रेम विवाहको रिसको परिणामस्वरुप सो घटना भएको देखिन्छ,’ घटनाबारे अनुसन्धान गरिरहेका प्रहरी अधिकारी अब्दुल मजिदले भने।

सात जनालाई जिउँदै जलाएर हत्या गरेको अभियोगमा हुसेन र उनका भाइबिरुद्ध प्रहरीमा उजुरी गरिएको छ। आगो लाग्दा आफू घरमा नभएको बिबीका श्रीमानले बताएका छन्। कामबाट फर्किने क्रममा बिहानै घरमा आगो लागिरहेको उनले बताए।

उनी घर आउँदै मन्जोर र उनका भाइ घरबाट फर्किदै गरेको आफूले देखेको बिबीका श्रीमानले बताए। आफ्नो विवाहबारे ससुरा र जेठान असन्तुष्ट रहेको उनको भनाई छ। एजेन्सी