logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तालिबानको सवारीसाधन लक्षित ग्रिनेड आक्रमण


अंकुरण खबर
1.495K
Shares

बुधवार अफगानिस्तानको राजधानी काबुलमा तालिबानको सवारीसाधन लक्षित ग्रिनेड आक्रमण भएको छ।

यसमा परी दुई लडाकू र चार जना विद्यालयका बालबालिका घाइते भएका छन्। अपराधीहरुको खोज र अनुसन्धान सुरु गरिएको तालिबान आन्तरिक मन्त्रालयका प्रवक्ता कारी सईद खोस्तीले एएफपीलाई बताए।

एक प्रत्यक्षदर्शीले एएफपीलाई भने, स्थानीय समयानुसार बुधबार बिहान ८ बजे काबुलको पश्चिम भागमा रहेको देह मझाङ जिल्लामा अत्यन्त व्यस्त समयमा सो विस्फोट भएको थियो। एएफपी