अन्तर्राष्ट्रिय

आइतबार ताइवानमा शक्तिशाली भूकम्प

ताइवानमा आइतबार शक्तिशाली भूकम्प गएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ताइवानको राजधानी ताइपेईमा ठूलो भूकम्पन गएको हो । स्थानीय समय  अनुसार आइतबार मध्यान्ह १ः११ बजे ६.५ म्याग्नेच्यूडको भूकम्प गएको त्यहाको मौसम विभागले जनाएको छ । भूकम्पमा अहिलेसम्म के कत्ति क्षति भयो त्यसको एकीन भएको छैन् ।

भूकम्पको केन्द्रविन्दु उत्तरपूर्वी यिलान जिल्लाको आसपास रहेको छ । करिब ३० सेकेन्डसम्म भूकम्पको कम्पन आएको र त्यस पछि पनि ५.४ म्याग्नेच्यूडको पराकम्पन आएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

यस अघि सन् २०२० को डिसेम्बरमा पनि यिलानमा ६.२ रेक्टर स्केलको भूकम्प गएको थियो ।

Comment here