चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार विश्व शान्ति कायम राख्न चीन प्रतिवद्ध भएको र अन्तर्राष्ट्रिय नियम पालना गर्न आफू राजी भएको बताएका छन्।
४० वर्षयता चीन ताइवानविरुद्ध सबैभन्दा बढी आक्रामक भएको समयमा चीनको पछिल्लो प्रतिक्रिया आएको हो।
संयुक्त राष्ट्र संघमा चीनको पुनरागमनको ५०औँ वार्षिकोत्सवको उपलक्ष्यमा सीले भनेका छन्,‘हामी विश्व शान्तिको निर्माता हौं र अन्तर्राष्ट्रिय व्यवस्थाको रक्षक हौं।’
‘चीनले सबै प्रकारका आधिपत्य र शक्ति राजनीति, एकपक्षीयता र संरक्षणवादको दृढतापूर्वक विरोध गर्दछ’ सिन्ह्वाका अनुसार सीले भनेका छन्,‘क्षेत्रीय द्वन्द्व, आतंकवाद, जलवायु परिवर्तन, साइबर सुरक्षा र जैवक सुरक्षा जस्ता मुद्दाहरुमा विश्वव्यापी सहयोगको पनि खाँचो छ।’