logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रुसमा घरेलु ग्यास विष्फोटमा १ जनाको मृत्यु, ४ घाइते


अंकुरण खबर
1.261K
Shares

रुसको टाटारस्तान क्षेत्रको एक आवासीय भवनमा सोमबार ग्यास विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्।

टास समाचार एजेन्सीले मंगलबार दिएको जानकारी अनुसार घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ।

टाटारस्तानको दोस्रो ठूलो शहर नाबेरेज्नी चेल्नीमा रहेको पाँच तले भवनको दुईवटा माथिल्लो तलामा ग्यास चुहावटका कारण भएको विष्फोटले छ वटा अपार्टमेन्ट ध्वस्त पारेको छ।