logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अमेरिकामा ५ वर्षमाथिका बालबालिकालाई कोरोना विरुद्धको फाइजर खोप दिने तयारी


अंकुरण खबर
871
Shares

अमेरिकामा कोरोना भाइरसविरुद्धको फाइजर–बायोएनटेक खोप पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई दिन स्वीकृत गर्ने तयारी भएको छ ।

अमेरिकी सरकारको प्यानलले फाइजर खोप पाँच वर्ष वा त्यो भन्दा माथिल्लो उमेरका बालबालिकाका लागि पनि स्वीकृत गर्ने पक्षमा मतदान गरेको छ । फूड एण्ड ड्रग एड्मिनिस्ट्रेशन ९एफडिए० का विज्ञहरुले हिजो खोपलाई स्वीकृति प्रदान गर्ने पक्षमा आफ्नो मत दिएका हुन् ।

योसँगै अबको केही हप्ता भित्रै पाँचदेखि ११ वर्षसम्मका बालबालिकाका लागि खोपको आकस्मिक प्रयोगको स्वीकृति प्रदान गर्ने मार्ग प्रशस्त भएको छ ।

नोभेम्बरको पहिलो हप्ता मै खोपको लागि स्वीकृति मिल्ने जनाइएको छ । बालबालिकालाई वयस्कलाई दिइने खोपको मात्राको एक तीहाइ मात्र दिइने छ । यसबाट दुई करोड २० लाख भन्दा बढी बालबालिका लाभान्वित हुने पनि जनाइएको छ ।

गएको सेप्टेम्बरमा खोप उत्पादक कम्पनीले आफ्नो परीक्षणमा फाइजर खोप पाँचदेखि ११ वर्षका बालबालिका लागि सुरक्षित र प्रभावकारी भएको पाइएको उल्लेख गरेको थियो ।  अमेरिकाले यसअघि नै फाइजर खोप १२ वर्ष र त्यो भन्दा माथिको उमेरका बालबालिकालाई खोप दिइरहेको छ । एजेन्सी