logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

फेसबुकको नाम परिवर्तन, अब ‘मेटा’


अंकुरण खबर
754
Shares

सामाजिक सञ्जाल फेसबुकले आफ्नो प्यारेन्ट कम्पनीको नाम परिवर्तन गरेको छ।

फेसबुकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले बिहीबार अब कम्पनीको नाम ‘मेटा’ रहने घोषणा गरेका हुन्।

सीईओ जुकरबर्गले नयाँ नामले कम्पनीको भविष्यप्रतिको दृष्टिकोणलाई प्रतिबिम्बित गर्ने बताएका छन्। कम्पनीको नाम परिवर्तन भए पनि सामाजिक सञ्जालका नाम भने पुरानै रहने पनि उनले बताएका छन् । फेसबुकले इन्स्टाग्राम, ह्वाट्सएप र ओकुलस पनि चलाउँदै आएको छ ।

फेसबुकले अब सामाजिक सञ्जालभन्दा बाहिरका क्षेत्रमा पनि आफ्नो काम विस्तार गर्ने जनाएको छ । जसका लागि नयाँ नाम चाहिएको पनि उसले जनाएको छ। फेसबुकले केही समय अगाडि मात्रै भर्चुअल रियालिटीका क्षेत्रमा काम गर्ने गरी विकास गर्न लागेको ‘मेटाभर्स’ प्रोजेक्टका लागि युरोपमा १० हजार कर्मचारी नियुक्तिको तयारी गरेको घोषणा गरेको थियो ।

मेटाभर्सलाई ‘इन्टरनेटको भविष्य’ भनेर चर्चा गरिएको छ। एजेन्सी