logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अस्ट्रियामा खोप नलगाएकाहरुका लागि लकडाउन


अंकुरण खबर
832
Shares

अस्ट्रियामा कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा नलगाएकाहरुका लागि लकडाउन लागू गरिएको छ।

अस्ट्रियाका खोप लगाउन योग्यमध्ये झण्डै २० लाख मानिसले खोपको पूर्ण मात्रा लगाएका छैनन्। संक्रमण फेरि बढ्न थालेपछि अस्ट्रियामा खोप नलगाएकाहरुका लागि लकडाउन लागू भएको बीबीसीले उल्लेख गरेको छ।

आफूहरुले लकडाउनको निर्णय हलुका रुपले नभई अवस्था गम्भीर देखेर नै गरेको चान्सलर एलेक्जान्डर शालेनबर्गले बताएका छन्।

खोप नलगाएका व्यक्तिहरु काममा जान वा खानेकुरा किन्नका लागि मात्रै घर बाहिर निस्कन पाउने छन्।

अस्ट्रियाका झण्डै ६५ प्रतिशत मानिसले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन्। पश्चिम युरोपमा कोरोना भाइरसविरुद्धको खोप सबैभन्दा कम लगाइएको देशमा पर्छ अस्ट्रिया।