logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

‘कुण्डली भाग्य’ की प्रिता अर्थात् श्रद्धा आर्या आज विवाह बन्धनमा बाँधिँदै


अंकुरण खबर
871
Shares

चर्चित भारतीय टेलिसिरियल ‘कुण्डली भाग्य’ की प्रिता अर्थात् श्रद्धा आर्या आज विवाह बन्धनमा बाँधिँदै छिन् ।

राहुल शर्मासँग उनले बिहे गर्न लागेकी हुन् । शर्मा पेसाले जलसेनाका अफिसर हुन् । उनी मिडियाको लाइमलाइटमा आउन त्यति रुचाउँदैनन् ।

बिहे गर्नुअघि श्रद्धाको मेहेन्दी सेरोमेनीको अहिले भारतीय मिडिया र सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ ।

श्रद्धाले आफ्नो इन्स्टाग्राममा मेहेन्दी र राहुलले इन्गेज्मेन्टमा लगाइदिएको औंठीको तस्बिर पोस्ट गरेकी छन् । जसमा उनी निकै सुन्दर देखिएकी छन् ।