logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

सीमा विवादको विषयमा भारत र चीनबीच वार्ता हुँदै, द्वन्द्व समाधान नहुने संकेत


अंकुरण खबर
1.378K
Shares

भारत र चीनबीच सीमा विवादका विषयमा वार्ता हुँदैछ। गतवर्ष गलवान झडपपछि धेरै चरणको सैन्य र कूटनीतिक वार्ता गतिरोधमा समाप्त भएको थियो।

दुई देश बीच कतिपय सिमानाका विच्छेदन भए पनि समग्रमा पूर्ण विच्छेदनमा गतिरोध छ । देपसाङ र हट स्प्रिङसमा विवाद कायमै रहेको दुबै पक्षले जनाएका छन् ।

कडोर जाडोको समयमा पनि पूर्वी लद्दाखको प्रत्येक छेउमा सेनाको विशाल निर्माण कार्य जारी रहनाले तत्काल द्वन्द्व समाधान  हुन नसक्नेतिर सङ्केत गरेको छ ।

भारत–चीन सीमा मामिलासम्बन्धी परामर्श र समन्वयका लागि कार्य संयन्त्र  अन्तर्गत आज (बिहीवार) २३औँ चरणको भारत–चीन सीमा वार्ता हुँदैछ । भारत र चीनबीचको अन्तिम सम्पर्क यस वर्ष अक्टोबरमा कोर्प्स कमाण्डर स्तरमा भएको सैन्य वार्ता थियो। यो १३ औं चरणको वार्ता थियो ।

बैठकपछि भारतले ‘बैठकका क्रममा भारतीय पक्षले बाँकी क्षेत्र समाधानका लागि रचनात्मक सुझाव दिएको तर चिनियाँ पक्षले सहमति नजनाएको र कुनै अग्रगामी प्रस्ताव पनि दिन नसकेकि टिप्पणी गरेको छ ।

भारतले द्विपक्षीय सम्बन्धमा कुनै पनि प्रगति गर्न पूर्ण विच्छेदन आवश्यक रहेको पनि बताएको छ । एजेन्सी