अन्तर्राष्ट्रिय

कोइलाखानीमा आगो लाग्दा ५२ जनाको मृत्यु, ४९ जना घाइते

साइबेरियाको एउटा कोइलाखानीमा आगो लाग्दा कम्तिमा ५२ जनाको मृत्यु भएको छ ।

आगो लागेपछि खानीभित्रै केही हराइरहेका छन् ।  कोइलाको धुलोमा आगो लागेपछि खानीभित्र धुँवाको मुस्लोले ढाकेको थियो । धुँवाका कारण धेरै जना निसास्एिका थिए ।

खानीभित्र फसेका सबै जनाको मृत्यु भएको हुन सक्ने रसियाली सञ्चार माध्यमहरुले जनाएका छन् । घाइते ४९ जनालाई उपचारका लागि अस्पताल लगिएको छ । चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

खानीभित्र ठूलो परिमाणमा मिथेन भएकोले जुनसुकै बेला बिस्फोट हुन सक्ने भन्दै उद्दार कार्य स्थगित गरिएको थियो ।

खानीबाट अझै पनि धुँवाको मुस्लो आइरहेको जनाइएको छ । एजेन्सी

Comment here