logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जर्मनीद्वारा दक्षिण अफ्रिकाबाट हुने अधिकांश यात्रा प्रतिबन्धित


अंकुरण खबर
715
Shares

जर्मनीले ठूलो संख्यामा उत्परिवर्तन भएको नयाँ कोभिड–१९ को फैलावट रोक्न दक्षिण अफ्रिकाबाट हुने धेरैजसो यात्रामा प्रतिबन्ध लगाउने निर्णय गरेको कार्यवाहक स्वास्थ्य मन्त्री जेन्स स्पानले शुक्रबार बताएका छन् ।

शुक्रबार रातिदेखि शुरु हुने नयाँ नियमहरूले दक्षिण अफ्रिका र ‘सम्भवतः छिमेकी राष्ट्रहरू’ लाई असर गर्ने स्पानले बताएका छन् ।

यद्यपि जर्मन नागरिकलाई भने प्रवेश अनुमति दिइएको छ । खोप लगाए पनि उनीहरू स्वदेश आइपुगेपछि १४ दिन क्वारेन्टिनमा बस्नुपर्नेछ।