logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अष्ट्रेलियामा देखियो ओमिक्रोन भेरियन्ट,  दुवै डोज खोप लगाएका व्यक्ति नै संक्रमित


अंकुरण खबर
702
Shares

अष्ट्रेलियामा पनि कोभिडको ओमिक्रोन भेरियन्ट देखिएको छ ।

दक्षिण अफ्रिकाबाट सिड्नी आएका दुई यात्रुमा भाइरस देखिएको हो । उनीहरु दक्षिण अफ्रिकाबाट कतार एयरवेजको विमानमा दोहा हुँदै शनिवार सिड्नी विमानस्लमा उत्रिएका थिए ।

परीक्षणपछि उनीहरुमा कोभिड पोजेटिभ देखिएको थियो । संक्रमित दुबै जनाले पूर्ण खोप लगाएका थिए । सोही उडानमा दक्षिण अफ्रिकाबाटै आएका अन्य १२ यात्रुको पनि परीक्षण गरिएको थियो । तर, उनीहरुको रिपोर्ट नेगेटिभ भएको थियो । उनीहरु सबै जना क्वारेन्टिनमा छन् ।

त्यस्तै, विमानमा सवार २६० यात्रु र चालक दलका सदस्यहरुलाई आइसोलेसनमा बस्न भनिएको त्यहाँको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । एजेन्सी