logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दक्षिण अफ्रिकाबाट भारत फर्किएका व्यक्तिमा कोरोना देखियो, ओमिक्रोनले विश्वलाई त्रसित बनायो


अंकुरण खबर
533
Shares

दक्षिण अफ्रिकामा हालै पत्ता लागेको कोरोना भाइरसको ओमिक्रोन भेरियन्टले यतिबेला विश्वमा हलचल मच्चाएको छ।

वैज्ञानिकहरुले यो भाइरसको उत्परिवर्तित रुपलाई कोरोनाको खोपले पनि काम गर्ननसक्ने आँकलन गरेपछि विश्वभर त्रास बढेको छ।

यसबीचमा दक्षिण अफ्रिकाबाट भारत फर्किएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ। उनमा ओमिक्रोन कोरोनाको संक्रमण हो या होइन पुष्टि भएको छैन। जिनोम सिक्वेन्सिङको लागि हाल नमूना परीक्षण गर्न ल्याब पठाइएको छ।

हाल ती व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ। उनको भाइमा कोरोना देखिएन भने आजै उनका पुरा परिवारको कोरोना परीक्षण हुनेछ। यदी ओमिक्रोन पुष्टि भए दक्षिण एसियामा भारत ओमिक्रन भेरियन्ट देखिने पहिलो राष्ट्र हुनेछ।

ओमिक्रोन भेरियन्टले विश्वलाई त्रसित बनाएको अवस्थामा भारतमा दक्षिण अफ्रिकाबाट फर्किएका व्यक्तिमा यो भेरियन्ट देखिनुले भारतभर थप त्रास बढाएको छ।

नयाँ भेरियन्टको खतराका कारण हालसम्म विश्वका ४४ राष्ट्रले दक्षिण अफ्रिका भ्रमणमा प्रतिबन्ध लगाइसकेका छन्। जापान, रुवान्डा, हङकङ र ताइवान पछिल्ला क्षेत्रहरु हुन् जसले अफ्रिकाका ६ राष्ट्रमा प्रतिबन्ध लगाएका छन्।

यस्तै अमेरिका, बेलायत, इयू र अस्ट्रेलिया जस्ता राष्ट्रले पनि भ्रमण प्रतिबन्ध लगाएका छन्। सीएनएन