logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रुसद्वारा ध्वनीभन्दा तिव्र हाइपरसोनिक क्षेप्यास्त्रको सफल परीक्षण, ४ सय किलोमिटर उडेर मार हान्यो


अंकुरण खबर
1.027K
Shares

रुसले सोमबार अर्को एक हाइपरसोनिक क्षेप्यास्त्रको सफल परीक्षण गरेको जानकारी दिएको छ।

जिक्रोन नाम गरेको उक्त अत्याधुनिक क्रुज क्षेप्यास्त्रले चार सय किलोमिटर परसम्म उडेर लक्ष्यमा मार हान्न सकेको सीएनएनले जनाएको छ।

उक्त क्षेप्यास्त्र एडमाइरल युद्धपोतबाट छाडिएको थियो। हाइपरसोनिक क्षेप्यास्त्र शक्तिशाली क्षेप्यास्त्र हो जुन ध्वतीको गतिभन्दा ६ गुणा तिव्र हुन्छ।

यस्ता क्षेप्यास्त्रमा आणविक क्षमता हुन्छ। हाइपरसोनिक त्यसमाथि क्रुज क्षेप्यास्त्रलाई रोक्न निकै कठिन हुन्छ। किनभने हाइपरसोनिक निकै तिव्र गतिमा उड्छ भने क्रुज क्षमताका कारण क्षेप्यास्त्रले एन्टीमिसाइल प्रणालीलाई छल्नसक्छ।

पछिल्लो समय अमेरिका, चीन तथा उत्तर कोरियलो हाइपरसोनिक हतियारको विकास गरिरहेका छन्। यसबीचमा रुसले पनि यस्तो क्षेप्यास्त्र बनाइरहेको हो।