logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

इजरायल रोजगारीका लागि छनौट भएकाहरूलाई भिसाको प्रक्रिया थाल्न तीन वर्ष पासपोर्टको म्याद अनिवार्य


अंकुरण खबर
1.17K
Shares

इजरायलको दीर्घकालीन स्याहार केन्द्रका लागि पीआइबीएले छनौट गरेर रोजगारदाताबाट करार सम्झौता प्राप्त हुनेहरुको भिसाका लागि पासपोर्टको म्याद तीन वर्ष अनिवार्य गरिएको छ ।

वैदेशिक रोजगार विभागका अनुसार छनौट भएर रोजगारदाताबाट स्ट्याडर्ड इम्प्लोइमेन्ट कन्ट्रायाक्ट प्राप्त हुने उम्मेदवारहरूको भिसाका लागि सम्बन्धित निकायमा प्रक्रिया थाल्ने समयमा पासपोर्टको म्याद अनिवार्य रूपमा तीन वर्षको हुनु पर्नेछ ।

इजरायल र नेपालबीच भएको समझदारीमा भिसाको प्रक्रिया थालनी गर्न पासपोर्टको म्याद सकिने अवधि कम्तीमा तीन वर्ष बाँकी रहेको हुनु पर्ने प्रावधान रहेको छ ।

त्यसैले २०२५ जनवरी ३१ भन्दा यता पासपोर्टको म्याद सकिनेहरूले काठमाण्डौमा रहेको राहदानी विभागबाट आफ्नो पासपोर्ट नवीकरण गराउन सकिन्छ । पासपोर्ट नवीकरण गराई अबको पाँच दिन भित्र विभागको इजरायल शाखामा सम्पर्क गर्न विभागले सूचना जारी गरेको छ ।