logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

इजरायलको तेल अभिभ बन्यो विश्वकै महँगो शहर


अंकुरण खबर
1.677K
Shares

इजरायली शहर तेल अभिभ विश्वकै सबैभन्दा महँगो सहर साबित भएको छ ।

ईकोनोमिस्ट इन्टेलिजेन्स युनिट (इआइयू) ले गरेको एउटा सर्वेक्षणमा तेल अभिभ बस्नका लागि विश्वकै सबैभन्दा महँगो सहर बनेको हो । महँगोका दृष्टिले तेल अभिभ पहिलो पटक विश्वको पहिलो स्थानमा पुग्न सफल भएको हो ।

इजरायलको राष्ट्रिय मुद्रा शेकेल डलरभन्दा शक्तिशाली देखिएको सर्वेक्षणमा जनाइएको छ । त्यहाँ यातायात र खाद्यन्नको मूल्य पनि अन्य सहरको तुलनामा बढी देखिएको जनाइएको छ ।

त्यस्तै, पेरिस र सिंगापुर दुबै सहर दोस्रो स्थानमा छन् भने जुरिच र हङकङ क्रमशस् तेस्रो र चौथो स्थानमा छन् । त्यसैगरी, न्युयोर्क र जेनेभा क्रमशस् पाँचौं र छैटौ स्थानमा परेका छन् । त्यस्तै, कोपनहेगन सातौं, लस एन्जेलस आठौं र जापानको ओसाका नवौं स्थानमा परेका छन् । एजेन्सी