logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

डुंगा दुर्घटनामा २९ बालबालिकाको मृत्यु, आठ जनाको जीवितै उद्दार


अंकुरण खबर
533
Shares

नाइजेरियामा एउटा डुंगा डुब्दा कम्तिमा २९ बालबालिकाको मृत्यु भएको छ ।

नाइजेरियाको उत्तरी राज्य कानोमा एउटा धार्मिक कार्यक्रममा सहभागी हुनका लागि यात्रा गर्ने क्रममा दुर्घटनामा परेका हुन् । दुर्घटनामा जीवितै उद्दार गरिएका आठ जनाको उपचार भइरहेको छ ।

क्षमता भन्दा बढी यात्रुका कारण दुर्घटना भएको अनुमान गरिएको छ । दुर्घटनाग्रत डुंगामा ५० भन्दाबढी यात्रु  थिए ।

नाइजेरियामा बारम्बार डुंगा दुर्घटना हुने गरेका छन् । दुई साताअघि जीगावा राज्यमा एउटा डुगा पल्टँदा कम्तिमा सात महिलाको मृत्यु भएको थियो । एजेन्सी