logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रपति बहसअघि कोरोना संक्रमण भएको थियो डोनाल्ड ट्रम्पलाई


अंकुरण खबर
767
Shares

गत वर्ष राष्ट्रपतिको निर्वाचनअघि अ‌ायोजित बहस कार्यक्रम अगाडि अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोभिड भएको खुलासा भएको छ।

आफ्ना प्रतिद्धन्द्धी जोन बाइडेनसँगको बहसमा ट्रम्पलाई कोभिड भएको उनका तत्कालिन चीफ अफ स्टाफ मार्क मिडोजले लेखेको पुस्तकमा उल्लेख छ।

मिडोजको संस्मरणात्मक पुस्तक द चिफ्स चिफमा उल्लेख भएअनुसार ट्रम्पमा गंम्भीर लक्षण देखिएको थियो। केही दिनपछि परीक्षण गर्दा उनको नेगेटिभ रिपोर्ट देखिएको थियो।

२६ सेप्टेम्बरमा पेन्सेल्भेनियामा आयोजित एउटा चुनावी ह्ययालीमा जाने क्रममा ट्रम्पलाई कोभिड देखिएको थियो।

निको भएपछि २ अक्टोबरमा ट्रम्पले आफू र पत्नि मेलानियालाई कोभिड भएको ट्विटमार्फत जानाकारी दिएका थिए। आफूले सजिलै कोभिड जितेको उनले दाबी गरेका थिए।

तर, नेगेटिभ रिपोर्टका बाबजुद उनलाई निकै असजिलो महशुस भएको थियो। कोभिड भएपछि उनलाई भोलिपल्ट नेसनल मिल्ट्री मेडिकल अस्पतालमा भर्ना गरिएको थियो।

दोस्रो परीक्षण गरिएको तीन दिनपछि बाइडेनसँगको बहस भएको थियो। एजेन्सी