logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

भारतमा ओमिक्रोन भेरियन्टका २ संक्रमित फेला


अंकुरण खबर
1.391K
Shares

भारतमा पहिलो पटक कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनका दुई घटना फेला परेका छन् ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार कर्नाटक राज्यमा ओमिक्रोन भेरियन्टका दुई घटना फेला परेको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका सहसचिव लव अग्रवालका अनुसार ओमिक्रोन संक्रमण पुष्टि भएका हरुको सम्पर्कमा आएकाहरुको पहिचान गरी परीक्षण भइरहेको छ ।

६६ र ४६ वर्षीय पुरुषमा ओमिक्रोन संक्रमण देखिएको उनले बताए ।

अन्य भेरियन्ट भन्दा संक्रामक मानिएको ओमिक्रोनका घटनाहरु देखिन थालिएपछि सर्तकता अपनाउन थालिएको भारतीय सञ्चार माध्यमले जनाएका छन ।