logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी १३ जनाको मृत्यु, ९८ जना घाइते


अंकुरण खबर
676
Shares

इन्डोनेसियाको पूर्वी जाभाको माउन्ट सेमेरुमा भएको ज्वालामुखी विष्फोटमा परी कम्तीमा १३ जनाको मृत्यु हुनुको साथै अन्य ९८ जना घाइते भएका राष्ट्रिय प्रकोप व्यवस्थापन निकाय (बीएनपीबी) ले आइतबार जनाएको छ ।

दुईओटा शवको पहिचान भइसकेको र अन्यको पहिचानको लागि खोजी भइरहेको बीएनपीबीका प्रवक्ता अब्दुल मुहारीले बताएका छन् ।

दुई सुत्केरीसहित घाइते सबैको अहिले नजिकैको स्वास्थ्यकेन्द्रमा उपचार भइरहेको छ । यसैबीच, ९०२ जनालाई गाउँको हल, विद्यालय भवन र पूजास्थलमा सारिएको छ । ज्वालामुखीको खरानीले धेरै घर, सडक र पुल पुरिएको बताइएको छ । अधिकारीहरूले भारी उपकरणहरू प्रयोग गरेर सडक छोप्ने खरानीमा बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेका छन् ।

जाकार्ता समयानुसार शनिबार दिउँसो ३ः १० बजे ३ हजार ६७६ मिटर अग्लो माउन्ट सेमेरुमा ज्वालामुखी विस्फोट भएको थियो । एजेन्सी