logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पहिलोपटक जापानी नागरिकमा ओमिक्रोन


अंकुरण खबर
780
Shares

जापानी नागरिकमा पहिलोपटक कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको छ।

योसँगै जापानमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या ३ पुगेको छ। यसअघि दुई जना विदेशीमा ओमिक्रोन संक्रमित देखिएको थियो।

इटाली भ्रमण सकेर फर्किएका जापनिज नागरिकमा ओमिक्रोन देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार ती व्यक्तिले कोरोनाविरुद्ध मोर्डना खोपको दुबै मात्रा लगाएका थिए।

उनीसँगै फर्किएका अन्य ४१ नागरिकलाई चिकित्सकहरुले निगरानीमा राखेका छन्। तीमध्ये एक जनामा कोरोना पोजेटिभ देखिए पनि ओमिक्रो संक्रमण नरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जापानमा पहिलोपटक नोभेम्बर ३० मा ओमिक्रोन देखिएको थियो। एजेन्सी