पाकिस्तानमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना पाइलटको मृत्यु भएको छ ।
पाकिस्तानमा रहेको बाल्टिस्तानको घाँचे जिल्लाको सियाचन क्षेत्रमा सेनाको हेलिकप्टर दुर्घटना हुँदा दुई चालकको मृत्यु भएको हो ।
इन्टर–सर्भिस पब्लिक रिलेसन (आईएसपीआर) का अनुसार दुर्घटनामा मेजर जिशान जहानजेब र इरफान वर्चाको मृत्यु भएको छ ।
दुर्घटनाबारे थप अनुसन्धान सुरु भएको छ ।