logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कट्रिना र बिक्कीको विवाहमा सात दिन सडक बन्द हुने भएपछि उनीहरुविरद्ध पर्यो उजुरी


अंकुरण खबर
1.235K
Shares

बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता बिक्की कौशलबीच यसैहप्ताको बिहीबार विवाह हुँदैछ।

यसबीचमा आजदेखि तीन दिनसम्म उनीहरुको विवाहको विषयलाई लिएर राजस्थानका एक वकिलले उनीहरुविरुद्ध उजुरी दर्ता गराएका छन्।

भारतीय संचारमाध्यमका अनुसार राजस्थानको सवाई माधोपुरस्थित एक शाही होटलमा उनीहरुको विवाह समारोह ७ देखि ९ डिसेम्बरसम्म चल्ने कार्यक्रम छ।

सो क्रममा विवाहको कारण एक मन्दिरको बाटो सात दिनसम्म अवरूद्ध हुने भएपछि त्यसलाई रोक्न स्थानीय वकिल नेत्रविन्द सिंहले जिल्ला विधिक सेवा प्राधिकरणमा उजुरी हालेका हुन्।

विवाहकै कारण स्थानीय प्रशासनले विवाहको समयमा सोमबारदेखि आइतबारसम्म चौथ माता मन्दिरको बाटो बन्द गराएको छ।

सडक अवरूद्ध भएकाले हजारौं श्रद्धालु समस्यामा परेको भन्दै विकिल सिंहले सिक्स सेसेन्ज फोर्डका प्रवन्धक, कैटरिना कैफ, विक्की कौशल र जिल्ला कलेक्टरविरूद्ध उजुरी दर्ता गराएका हुन्।