logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओमिक्रोनविरुद्ध खोपले काम गर्दैन भन्नु सत्यता छैन् : डब्लूएचओ


अंकुरण खबर
728
Shares

कोरोना भाइरस बिरुद्ध अहिलेसम्म बनेका खोपले नयाँ भेरियन्ट ओमिक्रोनलाई काम गर्दैन् भन्ने कुरामा सत्यता नभएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जनाएको छ ।

संगठनका चिकित्सक डा.माइक रायनका अनुसार अहिलेसम्म निर्मित कोरोनाभाइरस विरुद्ध विकास भएका खोपहरुले ओमिक्रोन भेरिएन्टबाट हुनसक्ने जटिल कोभिड रोगबाट बचाउने बताएका हुन् ।

अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाए अनुसार डा.रायनले भनेका छन् अन्य भेरिएन्ट जस्तै खोपले विकास गरेको प्रतिरोधात्मक एन्टिबडीलाई छल्न सक्ने क्षमता छ । हामीसँग उच्च क्षमता भएका खोपहरु छन् । ती सबैले हरेक प्रकारका भेरिएन्टविरुद्ध काम गर्छन् र जटिलता तथा अस्पताल भर्ना हुनबाट जोगाउन सक्षम छन्त्य । त्यसैले ओमिक्रोन विरुद्ध यसले काम गर्दैन भनेर सोच्न जरुरी छैन ।

विश्वभर संत्रास फैलिएजस्तो ओमिक्रोन डेल्टा वा अन्य भेरियन्ट भन्दा धेरै घातक भएको कुरामा अहिलेसम्म खासै पुष्टि नभएको डब्लूएचओले जनाएको छ ।
हाल मोडर्ना, जोनसन एण्ड जोनसन वा अन्य खोपले ओमिक्रोनलाई कस्तो प्रभाव पार्छ भन्ने कुराको अध्ययन अनुसन्धान भैरहेको छ ।