logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भोकमरीको चेपेटामा परेको इथोपियामा वितरण गरिएको खानेकुरा विद्रोहीले लुटेः डब्लूएफपी


अंकुरण खबर
1.469K
Shares

इथोपियामा खाद्य वितरणका लागि लगिएको सामाग्री लुटेराहरुले लुटेपछि विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले वितरण कार्य रोक्का गरेको छ ।

सशस्त्र विद्रोही टिग्रयान फौजका कार्यकर्ताले लुटपाट गरेपछि डब्लूएफपीले वितरण कार्यक्रम रोकेको हो । समूहका कार्यकताहरुले कोम्बोल्चा सहरमा बन्दूक तेर्साएर डब्लूएफपीका कर्मचारीलाई नियन्त्रणमा लिएकोसमेत राष्ट्रसंघले जनाएको छ ।

नियन्त्रणमा लिएपछि लुटेराहरुले अत्यावसेकीय खाद्य सामाग्री चोरिदिएका थिए । सशस्त्र टिग्रयान फौज र सरकारी सेनाबीचको द्वन्द्वका कारण उत्तरी इथोपिया लामो समयदेखि भोकमरीको चपेटामा परेको छ । एक वर्ष लामो गृहयुद्धका कारण त्यहाँका ९० लाख मानिस खाद्यन्न अभावबाट बन्चित छन् ।

खाद्यन्न लुटेपछि कर्मचारीलाई दुव्र्यवहार गरेको राष्ट्रसंघले जनाएको छ । ‘कर्मचारीमाथिको दुव्र्यवहार असह्य छ । लुटपाटले अत्यावसेकीय क्षेत्रमा खाद्यन्न वितरण गर्ने राष्ट्रसंघको अभियानलाई नजरअन्दाज गरेको छ ,’ राष्ट्रसंघका प्रवक्ताले भनेका छन् । एजेन्सी