logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

४९ अमेरिकी निकायमाथि र्‍यानसमवेयर आक्रमण, ह्याकरले मागे ९ अर्ब फिरौती


अंकुरण खबर
949
Shares

क्युवा र्‍यानसमवेयरले अमेरिकाका ४९ निकायको कमजोर नेटवर्कमा आक्रमण गरेको केन्द्रीय अनुसन्धान ब्युरो (एफबीआई) ले जानकारी दिएको छ ।

एफबीआईका अनुसार यो घटना यही नोभेम्बर महिनामा भएको हो । जसमा ५ संवेदनशील क्षेत्र यसको शिकार बनेका छन् । जसमा आर्थिक, सरकारी र स्वास्थ्य, निर्माण र सूचना प्रविधि सबै क्षेत्र समेटिएको जनाइएको छ

एफबीआईका अनुसार यी र्‍यानसमवेयर ग्रुपले अमेरिकी संस्थामा आक्रमण गर्न सुरु गरेदेखि हालसम्म ४४ मिलियन अमेरिकी डलर संकलन गरिसकेका छन् ।

‘उनीहरूले फिरौतीका रुपमा हालसम्म ७४ मिलियन डलर (करिब नाै अर्ब रूपैयाँ) माग गरेका छन्,’ एफबीआईले भन्यो, ‘त्यसमध्ये हालसम्म र्‍यानसमवेयर पेमन्टको रुपमा ४३.९ मिलियन अमेरिकी डलर प्राप्त गरिसकेका छन् ।’

एफबीआईले क्षेत्रगत रुपमा आक्रमणको असरबारे जानकारी दिएपनि कुन–कुन संस्था भन्ने विषयमा भने जानकारी दिएको छैन । एजेन्सी