logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

युक्रेनमाथि हमला गरे रुसले गम्भीर आर्थिक परिणाम भोग्नुपर्ने बेलायतको चेतावनी


अंकुरण खबर
2.002K
Shares

रुसले युक्रेनमाथि हमला गरे गम्भीर आर्थिक परिणाम भोग्नुपर्ने बेलायतले चेतावनी दिएको छ ।

बेलायतका विदेशमन्त्री लिज ट्रसले रुसले यदि युक्रेनमाथि हमला गरे रुसले “गम्भीर आर्थिक परिणाम”भोग्नुपर्ने चेतावनी दिएको बीबीसीले जनाएको छ ।

उनले लिभरपुलमा हुने जी–सेभेन राष्ट्रका विदेशमन्त्रीहरूको बैठकमा एकताको प्रदर्शन गरिने र रुसको त्यस्तो खाले कदम “रणनीतिक गल्ती” हुने बैठकबाट स्पष्ट पारिने बताएका हुन् ।

ट्रसले रुस र रुसका साझेदारहरूले युक्रेनमा हमला गर्ने वा कब्जा गर्ने कारबाहीलाई रोक्नुपर्नेमा जोड दिए । युक्रेनी सीमामा रुसले ठूलो मात्रामा सैनिकहरू एकत्रित गरेपछि तनाव बढेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गएको मंगलबार त्यस क्षेत्रमा देखिएको तनाव कम गर्ने सम्बन्धमा भर्चुअल बैठक गरेका थिए ।