logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जापानको ओसाकास्थित भवनमा आगलागी, २७ को मृत्यु भएको आशंका


अंकुरण खबर
585
Shares

जापानको ओसाका शहरस्थित एक भवनमा आगलागी भएको छ ।

यस आगलागीमा परेर २७ जनाको मृत्यु भएको आशंका गरिएको त्यहाँको पब्लिक ब्रोडकास्टर एनएचकेलाई उदृतगर्दै बीबीसीले जनाएको छ ।

हाल आगलागीमा परेर हराएका व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जानकारी दिएका छन् ।

स्थानीय संचारमाध्यमका अनुसार आगलागीपछि धुवाँ फैलँदा धेरै जनाले ‘कार्डिओपल्मोनरी अरेस्ट’को सामना गर्नु परेको थियो । यसको मतलब उनीहरुको फोक्सोले काम गरेको थिएन ।