logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाढीले बगाएर इराकमा दुई नेपालीको ज्यान गयो


अंकुरण खबर
1.326K
Shares

शुक्रबार इराकमा अविरल वर्ष पछि बाढी आउदा त्यहाँ कार्यरत दुई नेपालीको ज्यान गएको छ ।

ज्यान जानेमा  दोलखाका पाल्देन शेर्पा र मोरङका औराज राई रहेका छन् ।

इराकको कुर्दिस्तान भन्ने ठाँउमा आएको अर्विल बर्षका कारण उनीहरु चढेको सवारी साधन बगाउदा ज्यान गएको कुर्दिस्तान नेपाली समाजले जनाएको छ ।

दोलखाका पाल्देन शेर्पा  एक हप्ता र मोरङका औराज राई एक महिना अगाडि मात्रै इराक पुगेका थिए । उनीहरु कार्यरत कम्पनीमा सहकर्मीहरुले नेपालमा शव पठाउनु पर्ने र उचित क्षतिपूर्ति दिनु पर्ने माग राख्दै शुक्रबार काम रोके पछि कम्पनीले शवको व्यवस्थापन र उचित क्षतिपूर्ति दिने आश्वासन भने दिएको छ ।

इराकमा आएको अविरल वर्षा पछि बाढी आउँदा अर्विल लगायतका क्षेत्रहरुमा ठूलो क्षति पुगेको छ ।