भारतमा पछिल्लो एक दिनमा सात हजार १४५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनसार यो अवधिमा कोरोनाका कारण २८९ जनाको मृत्यु भएको छ भने अहिले संक्रमितहरुको संख्या ८४ लाख ५६५ पुगेको छ । उनीहरुका अनुसार भारतमा कुल संक्रमित मध्ये शून्य दशमलव २४ प्रतिशत संक्रमितहरु अहिले पनि संक्रमित अवस्थामै रहेका हुन ।
भारतिय सरकारी अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा भारतमा आठ हजार ७०६ जना संक्रमण मुक्त भएका छन् भने अहिले सम्म संक्रमण मुक्त हुनेहरुको संख्या तीन करोड ४१ लाख ७१ हजार ४७१ पुगेको छ ।