logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मिस इन्डिया मानसालाई कोरोना संक्रमण


अंकुरण खबर
1.014K
Shares

‘मिस इन्डिया २०२०’ मानसा वाराणसी कोरोना संक्रमित भएकी छन् ।

‘मिस वल्र्ड’ मा सहभागी हुन अमेरिकी राज्य पुएर्तो रिकोमा पुगेकी उनका कोरोना संक्रमण देखिएको हो ।

‘मिस वल्र्ड’ प्रतियोगीतामा उनी सहित १७ प्रतियोगीमा कोरोना संक्रमण देखिएको छ । सबैलाई पुएर्तो रिकोमा आइसोलेशनमा राखिएको छ । उनी भारतको प्रतिनिधित्व गर्दै ‘मिस वल्र्ड २०२१’ मा सहभागी भएकी थिइन् ।

प्रतियोगिताका प्रतियोगी, आयोजक र कर्मचारीमा कोरोनाभाइरस संक्रमण देखिएपछि आयोजकले फाइनल स्पर्धा स्थगित गरेको थियो । कोरोनाको स्थितिमा सुधार भए ९० दिनभित्र फेरि प्रतियोगिता सम्पन्न गर्ने आयोजकले जनाएको छ । एजेन्सी