logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

फिलिपिन्स आँधीका कारण मृत्यु हुनेको संख्या ३७५ पुग्यो


अंकुरण खबर
2.366K
Shares

फिलिपिन्समा बिहीबार आएको आँधीमा परि अहिलेसम्म ३ सय ७५ जनाको मृत्युको पुष्टि भएको छ ।

करिब १९५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा आएको आँधी राय जब देशको दक्षि-पूर्वी द्वीपसँग ठोकियो तब लगभग ४ लाख मानिस यसबाट प्रभावित भएको बीबीसीले जनाएको छ ।

स्थानीय प्रहरीका अनुसार आँधीमा कम्तिमा ५ सय मानिस घाइते भएका छन् र ५६ जना अहिले पनि हराइरहेका छन् । राहत तथा उद्धार समूहले यस प्राकृतिक त्रासदीलाई ‘पूर्ण नरसंहार’ भनेको छ ।

अहिलेसम्म पनि आँधीले पुर्‍याएको क्षतिबारे पूर्ण अनुमान लगाउन नसकिएको जनाइएको छ । कयौं क्षेत्रमा अहिले पनि पूर्ण रुपमा सञ्चार विच्छेद रहेको छ ।

पहिरो र बाढीका कारण अन्य व्यक्तिको पनि मृत्युको आशंका गरिएको छ ।