logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एनआरएनए कतारले मनायाे १९औँ स्थापना दिवस


अंकुरण खबर
1.157K
Shares

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) कतारले १९औँ स्थापना दिवस मनाएको छ ।

एनआरएनए आइसिसीको दोस्रो एनसिसिको रूपमा सन् २००३ मा स्थापित संस्थाले एक कार्यक्रमका बीच स्थापना दिवस मनाएको हो ।

कतारका लागि नेपाली कार्यवाहक राजदूत लक्ष्मण खनालले संघले कोरानाको समयमा गरेको मानवीय कार्यको प्रशंसा गरे । खनालले सरकारले एनआरएनएले देशको समृद्धि र विकासका कार्यमा सहयोग गर्छन भन्ने अपेक्षा गरेको बताए ।

खनालले नेपालको आर्थिक विकासमा प्रवासी नेपालीको महत्त्वपूर्ण भूमिका रहने भन्दै प्रवासमा रहदा नेपालको पर्यटनबारे  प्रचारप्रसार गरेर नेपालमा पर्यटक पुर्‍याउन तथा अन्य क्षेत्रमा लगानी भित्र्याउन पहल गर्न आग्रह गरे

आइसीसी सचिव आरके शर्माले संस्था विभाजन गर्ने कुरा सोच्न पनि नहुने बताए । ‘८० लाख नेपालीहरुको आत्मा जोडिएको संस्थाको समस्या समाधानको बाटोमा गैरहेको जनाउँदै शर्माले यो संस्थाप्रति धेरै नेपालीको आस्था र भरोसा रहेको बताए । २०२१–२३ का लागि केन्द्रीय उपाध्यक्ष पदका उम्मेदवार शर्माले चुनावी दौरानमा धेरै मतभेद भएको तर समस्या समाधान हुने दाबी गरे ।

मानार्थ आइसीसी सदस्य शनि कुमार ओलीले एनआरएनएमा संगठनात्मक समस्या पैदा भएको र यो समस्या समाधान गर्न वर्तमान नेतृत्व असफल भएको बताए ।

एनसीसी कतारका अध्यक्ष मोहम्मद मुक्तदाले एनआरएनए आइसीसीमा देखिएको समस्या आइसीसीबाट मात्रै नभएर एनसीसीबाट नै सुरुवात भएको बताए ।