logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

विश्व कोरोना अपडेट : पछिल्लो २४ घण्टामा ७ लाख बढीमा संक्रमण, ६ हजारको ज्यान गयो


अंकुरण खबर
1.079K
Shares

विश्व स्वास्थ्य संगठनद्वारा हरेक दिन जारी गर्ने कोरोना अपडेटका अनुसार दैनिक संक्रमण दर र मृत्यु दर घटबढ भइरहेको देखाएको  छ ।

निको हुनेको संख्या बढिरहेको पाइएको छ । नेपालमा केही दिन यतादेखि कोरोना संक्रमितको संख्या घटिरहेको छ र निको हुनेको संख्या बढिरहेको छ । त्यस्तै, मृत्यु हुनेको संख्या पनि घट्दो क्रममा रहेको छ ।

विश्व स्वास्थ्य संगठनले जारी गरेको गत २४ घण्टाको अपडेट अनुसार कोरोना भाइरस संक्रमणबाट एकैदिन ६ हजार ८९१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट ५ हजार ८९१ को मृत्यु भएको हो।

त्यस्तै, विगत २४ घण्टामा विश्वभर ७ लाख ३१ हजार ५३९ जनामा कोरोना संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म २७ करोड ६५ लाख ४३ हजार ३९९ जनामा कोरोना संक्रमण भएको छ । त्यस्तै, २४ करोड ७९ लाख ९१ हजार ८७३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।

विश्व स्वास्थ्य संगठनले उपलब्ध गराएको पछिल्लो तत्थ्यांक अनुसार ५३ लाख ८४ हजार ३८१ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट ११ हजार ५७७ को ज्यान गएको छ । ५ हजार २४२ जना सक्रिय संक्रमित रहेका छन् भने ८ लाख २६ हजार २०६ जनामा संक्रमण भइसकेको छ ।

त्यस्तै, ८ लाख ९ हजार ३८७ सय जना संक्रमित निको भइसकेका छन् ।