logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चीनको दबाबमा हङकङ विश्वविद्यालयबाट हटाइयो लासको प्रतिमा


अंकुरण खबर
650
Shares

चीनको बेइजिङस्थित ताइनामेन स्क्वायरमा भएको नरसंहारको सम्झनामा हङकङ विश्वविद्यालयमा स्थापना गरिएको एउटा प्रतिमा हटाइएको छ ।

आठ फिट अग्लो तामाको सो प्रतिमा हटाउन रातभर मजदुर खटिएका छन् ।

सन् १९८९मा चिनियाँ सुरक्षाफौजले ताइनामेन स्क्वायरमा हत्या गरेका सयौं प्रजातन्त्रबादी कार्यकर्ताको स्मरणमा लासको थुप्रोबाट प्रतिमा खडा गरिएको थियो । डेनमार्कका मूर्तिकारले सो प्रतिमा बनाएका थिए ।

द पीलर अफ सेम नाम दिइएको सो प्रतिमामा हटाउन अक्टोबरमा  विश्वविद्यालयले निर्देशन दिएको थियो । प्रतिमा कमजोर भएकोले सम्भावित सुरक्षा जोखिमबाट बच्न त्यसलाई हटाइएको विश्वविद्यालय प्रशासनले जनाएको छ ।

तर, चीनको दबाबमा हङकङ सरकारले सो प्रतिमा हटाएको जानाकारहरु बताउँछन् । प्रतिमा विश्वविद्यालयले गोदाममा राख्ने जनाइएको छ । एजेन्सी