logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

२२ वर्ष कारागारको सजाय सुनाइएकी दक्षिण कोरियाकी पूर्वराष्ट्रपति पार्कले पाइन् माफी


अंकुरण खबर
1.573K
Shares

दक्षिण कोरियामा भ्रष्टाचार अभियोगमा २२ वर्ष जेल सजाय सुनाइएकी पूर्वराष्ट्रपति पार्क गिउन हायलाई सरकारले माफी दिने घोषणा गरेको छ ।

पद दुरुपयोग गरी आर्थिक अनियमितता गरेको अभियोगमा ६९ वर्षीया पार्कलाई सन् २०१८ मा त्यहाँको संसदले महाअभियोग लगाएको थियो ।

संसदले महाअभियोग लगाएपछि पदच्युत भएकी उनलाई अदालतकाे कठघरमा उभ्याइएकाे थियाे । महाअभियाेग लगाएर पदच्युत हुने उनी प्रजातान्त्रिक ढंगले निर्वाचित दक्षिण कोरियाकै पहिलो नेतृ हुन् । काँध तथा तल्लो कम्मरमा पीडा भएपछि यस वर्ष मात्र उनी तीन पटक अस्पताल भर्ना भएकी छिन् ।

राष्ट्रपति मुन जाय इनले नयाँ वर्षको अवसरमा माफी दिन तयार पारेको सूचीमा पूर्वराष्ट्रपति पार्कको नाम पनि रहेको त्यहाँको योनहाप समाचार संस्थाले जनाएको छ । उनको कमजोर स्वास्थ्य अवस्थाका कारण क्षमा दिने तयारी भएको समाचारमा जनाइएको छ ।

पार्कमाथि १८ आरोप लगाएको थियो । तीमध्ये १६ आरोपमा अदालतले पार्कलाई दोषी ठहर गरेको थियो । यसअघि राष्ट्रपति मुनले उनलाई पार्कलाई क्षमाको कुनै सम्भावना नभएको बताएका थिए । यस्तै, दक्षिण कोरियाकी पहिलो महिला प्रधानमन्त्री हान मायोङ सुकलाई पनि माफी दिइएको छ । एजेन्सी