logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जापानी वैज्ञानिकले बनाए यस्तो टीभी जहाँ जे देखिन्छ त्यो चाटेर स्वाद लिन सकिन्छ ! (भिडियो)


अंकुरण खबर
1.612K
Shares

जापानका एक वैज्ञानिकले अविश्वस्नीय आविष्कार गरेका छन्।

रोयटर्सका अनुसार जापान मेइजी विश्वविद्यालयका प्राध्यापक होमी मियासिताले अचम्मको टेलिभिजन बनाएका हुन्।

यो टेलिभिजनको अद्भूत विशेषता छ। जहाँ हामीले दृश्यमा देखिएका खाने कुराहरुको स्वाद टीभीको स्क्रिनमा चाटेर थाहा पाउन सकिन्छ।

खबरअनुसार हाल उक्त टीभीमा १० वटा स्वाद चाटेर थाहा पाउन सकिन्छ। स्वादको विविधता बढाउँदै लाने प्राध्यापक होमी बताउँछन्।

हाल टेलिभिजनको विकास प्रारम्भिक चरणमै छ। यो बनिसकेपछि यसको मूल्य ८७५ अमेरिकी डलरसम्म पर्नसक्ने बताइएको छ।

वास्तवमा यो टेलिभिजनले स्वादहरु क्रिनमा स्प्रे गरिदिने भएकाले मानिसले चाटेर त्यसको स्वाद लिनसक्ने बताइएको छ। बीबीसी

(भिडियो)