logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मलेसियामा भीषण बाढी, ४१ जनाको मृत्यु


अंकुरण खबर
1.274K
Shares

मलेसियामा भारी वर्षापछि भीषण बाढी आएको छ। सो बाढीका कारण ठूलो जनधनको क्षति भएको छ।

बाढीका कारण मलेसियामा मृत्यु हुनेको संख्या ४१ जना पुगेको बताइएको छ। अझै आठ जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा २६ पुरुष, १३ महिला र दुई बालबालिका छन् ।

४१ जनाको मृत्युमध्ये सेलागंोरमा २५, पहाङमा १५ र केलान्तानमा १ जनाको रहेको प्रहरी महानिरीक्षक तान श्री एक्रिल सानी अब्दुल्लाह सानीले जानकारी दिएका छन्।

मलेसियाको मौसम विभागले शनिबार पहाङ, तेरेगांनु र केलान्तानका तटीय राज्यहरूमा भारी वर्षा र मेघगर्जनसहित वर्षाको सम्भावना रहेको जनाएको छ।