logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पूर्व पोर्नस्टार सन्नी लियोनीलाई ‘राधिका’ भनिएको गीत हटाउन गृहमन्त्रीको चेतावनी (भिडियो)


अंकुरण खबर
1.001K
Shares

बलिउड अभिनेत्री सन्नी लियोनीले अभिनय गरेको नयाँ गीत ‘नाचे राधिका मधुवनमे’ विवादमा परेको छ।

पूर्व पोर्नस्टार रहेकी सन्नीलाई गीतमा राधिका भनिएपछि भारत मध्यप्रदेशका गृहमन्त्री नरोत्तम मिश्राले गीत डिलेट गर्न चेतावनी दिएका हुन्।

सो चेतावनीपछि गीत डिलेट नगर्ने तर त्यसका शब्दहरु परिवर्तन गर्ने सारेगम कम्पनीले जानकारी दिएको छ।

सारेगमले फेसबुकमार्फत दिएको जानकारीअनुसार ३ दिनभित्र सबै प्लेटफर्ममा हालको गीतको साटो नयाँ गीत राखिनेछ।

मध्यप्रदेशका गृहमन्त्री मिश्राले सन्नी अभिनित उक्त म्युजिक भिडियोलाई अश्लील तथा आपत्तिजनक भनेका छन्।